ashutosh kc - kurirahe ma lyrics
[verse 1]
टाढा छौ तिमी, एक्लै भएँ म
भेट यो जुनी हुन सकेन
हाँसु कसरी तिमी बिना म
आँशुको झरी रोक्नै सकिनँ
ओइलाई जाला माया हराई जाला
भन्ने धेरै भेटिए यो बाटोमा
यो मेरो माया हो, दैवले जुराको
अमर हुने छ भन्दै हिँड्छु म
[chorus]
तिमी आउने आशैमा, दिन रात कुरी रहेँ म
मेरो हरेक सासैमा, तिम्रो नाम सुनी रहेँ म
[verse 2]
सुन्छौ र तिमी, मैले बोलको
याद छ रुँदा, मैले हाँसको
माया पाउन म सार्है नै तिर्खाको
खानै नहुने, पानी त्यो कुवाको
सम्बन्धमा झै झगडाहरु त
भई नै रहन्छ नि ए प्रिये
बिहानीको घाम झै उदाउँथ्यो होला
यो मायालाई एउटा मौका दिए
[chorus]
तिमी आउने आशैमा, दिन रात कुरी रहेँ म
मेरो हरेक सासैमा, तिम्रो नाम सुनी रहेँ म
[verse 3]
आँखा ती जब म तिर ढल्किन्छ
यो मन किन हो त्यसै पल्किन्छ
तारा भन्दा त त्यो जूनै टल्किन्छ
त्यो जूनमा तिम्रो मुहार झल्किन्छ
हेराईले छुन्छु मलाई स्पर्श चाहिँदैन
सँगै हुनलाई मात्र माया लाइँदैन
बाचा दिन्छु तर कसम खाइँदैन
माया लाउँछु तर माया पाइँदैन
Random Lyrics
- misunderstood demon - on a wave lyrics
- melez (tr) - sahte yüzler lyrics
- eutanásia - meus olhos eu tapo lyrics
- noah 10k - in the crowd (the outro) lyrics
- the milkman official - baylen levine lyrics
- dal.7z - i'm worthless lyrics
- p38 (ita) - gulag ii lyrics
- wohlstandskinder - jedes bisschen gar nichts lyrics
- iayze - cents lyrics
- romeo la gota - que pasa lyrics