
jhuma limbu & sujan chapagain - kafle lyrics
[intro: jhuma limbu]
घर केले छाउनू ? पराल न खर, छैन नि झिँगटी
घर केले छाउनू ? पराल न खर, छैन नि झिँगटी
हौ, भाग्यमै भए कमाउँछु भन्छ चार टिन सम्पत्ति
हौ, भाग्यमै भए कमाउँछु भन्छ चार टिन सम्पत्ति
[bridge 1: jhuma limbu]
गाई भने सानो दूध दिन्छ मानु, खानू कि नखानू ?
मागेरै लाउन नसक्नेसँग जानू कि नजानू ?
[chorus: jhuma limbu]
धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?
धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?
[verse 1: jhuma limbu]
बाँझो खेतबाली लगाउँछु भन्छ हलोले जोतेर
बाँझो खेतबाली लगाउँछु भन्छ हलोले जोतेर
रितभाँतैबिना आँखाको चालमा नौडाँडा काटेर
हौ, भगाई पो लान्छु भन्छ हौ काफ्ले, जानू कि नजानू ?
[chorus: jhuma limbu]
धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?
धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?
[verse 2: sujan chapagain]
हह, भिर र पहिरो, खोलाको बाटो, नमान्नू डरै डर
हे, भिर र पहिरो, खोलाको बाटो, नमान्नू डरै डर
नफुल्नू माया, मनभरि फुल्यो यो जुनी तिम्रै भर
हौ, नफुल्नू माया, मनभरि फुल्यो यो जुनी तिम्रै भर
[bridge 2: jhuma limbu]
सुन है साथी, दोधारमा परेँ, के गर्नू के गर्नू ?
देखाउने माया, भगाउने माया, कुन चाहिँ पत्याउनू ?
[chorus: jhuma limbu]
धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?
धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?
[outro: jhuma limbu]
धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?
धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?
Random Lyrics
- synonym - в темноте (in the dark) lyrics
- יובי - bach - באך - uv (isr) lyrics
- sabrina sterling - ramona lyrics
- surf mesa & zeeba - energy lyrics
- jar (sweden) - rain lyrics
- bob monkhouse - in my dream world lyrics
- b3brina - вирус (virus) lyrics
- killean - still ballin lyrics
- pvnk - maggots lyrics
- jaggar - where to? lyrics