
mahesh dong - kathmandu sahara lyrics
yeah yeah ah
[verse]
काठमाडौं सहर
हेर्दा लाग्छ रहर
आम्दानी सुन्य खर्च हुने बाटो प्रशस्त
सब जना घुसखोरी नेता देखि ससस्त्र
निमुखा जनताले के नै उखाड्न सक्छ र
धुलोमाडौं रोड १० ठाउँमा टालेको
म धुवाँ खान्छु
बाटोको बीचमा फोहोर फालेको
असारको बेला बाहिर निस्कनु अप्ठ्यारो तर
जस्तो भएपनि हाम्लाई काठमाडौं नै प्यारो
ah!!
[chorus] x4
काठमाडौं, हाम्रो काठमाडौं
धुवाँ र धूलोको खानी काठमाडौं
मरेर गएपनि म साथ लान्छु
तर राजधानी भन्न अलि लाज मान्छु
ah
[verse}
के रे दिन भरी हल्लियो हिड्यो
निन्द्रा छैन रातमा
१२ पछि पढाइ सिद्ध्यो सिप छैन हातमा
australia पुगे साथीहरु भाँडा हान्न
आफ्नो त मनले मान्दैन
visa लागे नी जान्न
महिनाभरि काम गर्यो दस हजारमा
यहाँ फुर्सद कसैलाई छैन सब हतारमा
आफ्नो मिल्ने मित्रहरू दुबई कतारमा
म चै आफ्नो दुःख बिर्सन प्रायः ठमेल बजारमा
जता तिर पैसा धेरै त्यही पार्टीलाई आत्मा
फूल ट्यांकी पेट्रोल हजारको नोट हातमा
हाम्रै देशमा हुन्छ कहीं नहुने जात्रा
चोर मन्त्री भोट लान्छ मासुभातको आडमा
काठमाडौं यस्तै छ काठमाडौं
डाक्टरले मान्छे मर्ने ठाउँ हो काठमाडौं
मेलम्चीको पानी चाँडै आओस् आस राख्छु
तर राजधानी भन्न अझै लाज मान्छु
ah
[hook]
काठमाडौं, हाम्रो काठमाडौं
गिद्धै गिद्धको सहर काठमाडौं
भाग खोसी खाने बाट के नै आश राख्नु
त्यसैले राजधानीबासी भन्न लाज मान्छु
ah
[outro]
काठमाडौं हाम्रो काठमाडौं काठमाडौँ
काठमाडौं हाम्रो काठमाडौं
काठमाडौं हाम्रो काठमाडौं काठमाडौँ
काठमाडौं हाम्रो काठमाडौं
Random Lyrics
- rulalpha - the world's gone mad (feat. young wic) lyrics
- nataly dawn - samson, roxane & me lyrics
- sevn alias - baller alert lyrics
- poolside - can't stop your lovin' lyrics
- hooss - stone lyrics
- paula fernandes - prometo lyrics
- kix brooks - other side lyrics
- kelly clarkson - hello (the smoakstack sessions) lyrics
- a boogie wit da hoodie - swervin (feat. veysel) lyrics
- benno gut - türen lyrics