
sajjan raj vaidya - pahaar (live version) lyrics
[verse]
माया यही हो र? तिमीमा हराउनु बिस्तार
हराएरै भेट्नु संसार थाहै नपाई खोजी हिँडेको
मेरा आँखामा आइबसे मेरा यी सपना
तिम्रै यो मायालाई सम्झेर मनले सजाउन सिकेको
[pre+chorus]
माया होइन भने चाहिँ, अँधेरी बिहान बनेझैँ
हाम्रो माया पनि घाम बनी उदाई आउला नि
[chorus]
hm, त्यही पहारमा, तिम्रै यो संसारमा बसूँ सधैँ म
बाँधेरै, तिमीलाई अँगालेरै बसूँ सदैव
माया त यही पो रहेछ
हराएरै भेटिँदो रहेछ खुशी
[verse]
माया यही हो र? इशारामै बोल्नु नबोलेर
नबोली नै मनका कुरा सबै मनले मनलाई सुनाउने
तिम्रा ओठमा, तिम्रो अधरको बनोटमा
भेटेँ मैले मेरो संसार थाहै नपाई खोजी हिँडेको
[pre+chorus]
परिभाषा त त्यही हो, मेरो लागि त माया यही हो
तिम्रै छेउ बसी हाँसीखुसी जिन्दगी बिताउने
[chorus]
hm, तिम्रो पहारमा, तिम्रै यो संसारमा बसूँ सधैँ म
बाँधेरै, तिमीलाई अँगालेरै बसूँ सदैव
[bridge]
पहारमा बसूँ म तिम्रै, म तिम्रै
पहारमा बसूँ म तिम्रै, म तिम्रै
माया त यही पो रहेछ
माया त यही पो रहेछ
[outro]
माया त यही पो रहेछ
हराएरै भेटिँदो रहेछ खुशी
Random Lyrics
- jah scxtt - our love is dead lyrics
- f.n. - bad hands lyrics
- academia lirical - aquella noche lyrics
- tuesdxy - catch a kill lyrics
- cedar street sluts - give me a little touch lyrics
- lucius rucius - too nice lyrics
- xenk - pacino lyrics
- machuca - futuro incierto lyrics
- bugoy na koykoy - yes hello lyrics
- l1lm455 - make em cool lyrics