
bartika eam rai - farak parcha, pardaina? lyrics
[verse 1]
तिमी बेसी बोल्ने गर्छौ लाग्यो भने सुनिदुने यहाँ कोही छ
यसै त नबोलीकन पनि भीडमा हराए नि ठिकै छ
लाग्छ आफू तिमीलाई असाध्यै औसत, संसारले भुल्न सजिलो
सन्तोकै त छौ तिमी यतिसुकैमा पनि, इमानसित बाँचेकै छौ
[chorus]
फरक पर्छ+पर्दैन?
थाहै छ त तिमीलाई म साँचिरहन्छु जिन्दगीपछि पनि
देहको जुनीपारि, ब्रह्माण्ड वरिपरि, पञ्चतत्त्वको संसारमा
चराहरू गाउँछन् चन्द्रमाको सुसेली, झरीमा चुपचाप म र तिमी
[verse 2]
तिमी औधी खुल्ने गर्छौ लाग्यो भने बुझ्ने कोशिश गर्ने कोही छ
यसै त दुनियाँभरिले जस्तोसुकै सोचिरहोस्, त्यो नि ठिकै छ
आफ्नो जीवन तिमीलाई आफ्नै नियमअनुसार बाँच्न मिलेसम्म
सन्तोकै त छौ तिमी आफ्नो संसारमा पनि, के तिम्रो संसारमा मलाई गनेको छौ?
[chorus]
“फरक पर्छ” भनिदेऊ न
थाहै छ त तिमीलाई म यहीँ हुनेछु सधैँ तिमीलाई सुनिदिने
बुझ्ने कोशिश गरिदिने, ब्रह्माण्ड वरिपरि, पञ्चतत्त्वको संसारमा
दुनियाँ यो सकिएला, हुनेछ यो सुसेली, चन्द्रमा, झरी, म र तिमी
[outro]
देहको जुनीपारि, ब्रह्माण्ड वरिपरि, पञ्चतत्त्वको संसारमा
चराहरू गाउँछन् चन्द्रमाको सुसेली, झरीमा चुपचाप म र तिमी
Random Lyrics
- crucified - know thyself lyrics
- artla - someone else lyrics
- noted - ntsikana's hymn lyrics
- zaybang - intro lyrics
- nic's pille - panter løs i pisserenden lyrics
- phix x ryan oakes - underneath lyrics
- epic rap battles of ??? - the joker vs laughing jack lyrics
- breezo fyn - astral projection lyrics
- stixz - heart99 lyrics
- hvze (rap) - sag mir wer du bist lyrics