narayan gopal – preyasi ka yaad haru lyrics
Loading...
प्रियशीका यादहरु कोरिएका मुटु एकान्तमा आज यहाँ फुकाएर हेरेँ
पिरतीका घातहरु भरिएको मुटु रसिएका दुई आँखालाई सुकाएर हेरेँ
प्रेयशीका यादहरु
.
( जीवन यहाँ जताततै अङ्गालेको कथा जस्तै
यहाँ मुटु चारैतिर भङ्गालेको व्यथा जस्तै )-२
आफ्नै पाइला आफ्नै बाटो सङ्गालेको जेथा जस्तै
प्रियशीका यादहरु
.
( सम्झनाका छाँयाहरु छातिभरी धुँवा जस्तै
तिर्खाएको पानीलाई नमेटिने कुवा जस्तै )-२
वास खोज्दै उडिहिँड्ने सिमलको भुवा जस्तै
प्रियशीका यादहरु कोरिएका मुटु एकान्तमा आज यहाँ फुकाएर हेरेँ
प्रेयशीका यादहरु
Random Lyrics
- swiss (de) – if tomorrow never comes lyrics
- la fouine – die lyrics
- hurts – blood, tears and gold by lyrics
- packy – over again lyrics
- fre$h (short dawg) – pray 2 god lyrics
- dan bull – the bard’s secret lyrics
- mohammed rafi – maine poochha chand se lyrics
- steven jo – i hate my baby mama lyrics
- funkmaster flex – keith murray & redman – freestyle lyrics
- bruce beats – soar (8.32) lyrics