azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

pahenlo batti muni – tatepate lyrics

Loading...

[verse 1]
तिमीले चाहेको उज्यालो मैदान
म अँध्यारो कोठा ।
तिमीले चाहेको खुला आकाश
म बन्द चार कुना ।
सप्तरङ्गी सपना तिम्रो
टाटेपाटे बैजनी भित्ता म ।

[verse 2]
तिमीले चाहेको हँसिलो मुस्कान
म रसाएका आँखा ।
तिमीले चाहेको अँगाल्ने हात
म भागिरहने गोडा ।
मुटुभरी आशा तिम्रो
मायादेखि डराउने मन, म ।

[verse 3]
गह्रुङ्गो याद मायाको भारी बिसाउँदा नि
दोधारे चित्त दुखिरहन्छ फकाउँदा नि
सधैँ माया दिनेछु भन्ने साथी तिमी
बितेको पल सम्झि-सम्झि टुक्रिराख्ने म..



Random Lyrics

HOT LYRICS

Loading...