azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

prem dhoj pradhan – tara matra haina timi lai lyrics

Loading...

तारा मात्र होइन तिमीलाई जुन नै दाइजो दिदिँउला
माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिदिँउला
तारा मात्र होइन तिमीलाई जुन नै दाइजो दिदिँउला

माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिदिँउला

तिमीलाई मेरो, हे+हे+हे
तिमीलाई मेरो झिलिमिली आकाश नै ओढाउला
त्यो पाउमा रङ्गीचङ्गी बसन्त चढाउला
तिमीले पाउ टेक्ने ठाउँमा शीतका थोपा छरिदिउँला
तिमीले सास फेर्ने ठाउँमा सुवासले भरिदिउँला
तारा मात्र होइन तिमीलाई जुन नै दाइजो दिदिँउला
माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिदिँउला

तिमीलाई मेरो, हे+हे+हे
तिमीलाई मेरो मुटुको यो ढुकढुकीले जगाउला
ति नशामा जोवनको मधुधारा बगाउला
सुकुमारी तिम्रा ओठ ति ओठमा सङ्गालुला
तिमीलाई मेरै न्यानो न्यानो अङ्गालोमा म अङ्गालुला
तारा मात्र होइन तिमीलाई जुन नै दाइजो दिदिँउला
माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिदिँउला



Random Lyrics

HOT LYRICS

Loading...