rupak dotel – chokho maya lyrics
[chorus]
चोखो माया लाकै हो, लाईन भनौं कसरी?
ज्यान फालेर धाकै हो, धाईन भनौं कसरी?
[verse 1]
चोखो माया लाकै हो, लाईन भनौं कसरी?
ज्यान फालेर धाकै हो, धाईन भनौं कसरी?
तिमीलाई धोकेबाज भन्न मन त होइन
तिमीलाई धोकेबाज भन्न मन त होइन
[chorus]
तर धोका खाकै हो, खाईन भनौं कसरी?
तर धोका खाकै हो, खाईन भनौं कसरी?
[verse 2]
रामले सीता पाउन जस्तो युद्ध गरिन म
बलजफ्ति हरण गर्ने रावण परिन म
रामले सीता पाउन जस्तो युद्ध गरिन म
बलजफ्ति हरण गर्ने रावण परिन म
तिम्रो कोही छ जस्तो लाग्यो, अघि सरिन म
अघि सरिन म
[chorus]
संगै जिउन चाहाकै हो, चाहिन भनौं कसरी?
चोखो माया लाकै हो, लाइन भनौं कसरी?
[verse 3]
गुनको माया उखेलेर, सुनको माया सार्यौ
मै मरे त केहि थिएन, चोखो माया मार्यौ
गुनको माया उखेलेर, सुनको माया सार्यौ
मै मरे त केहि थिएन, चोखो माया मार्यौ
जुगै भरि सम्झि सम्झि, रुँदै हिँड्न पार्यौ
रुँदै हिँड्न पार्यौ
[chorus]
तिम्रै गीत गाकै हो, गाईन भनौं कसरी?
ज्यान फालेर धाकै हो, धाईन भनौं कसरी?
[outro]
तिमीलाई धोकेबाज भन्न मन त होइन
तिमीलाई धोकेबाज भन्न मन त होइन
तर धोका खाकै हो, खाईन भनौं कसरी?
तर धोका खाकै हो, खाईन भनौं कसरी?
Random Lyrics
- paulo cruz e zé eduardo – última porteira lyrics
- østkyst hustlers – hey tøsepige lyrics
- lil vuchi – french kissing lyrics
- arco (band) – second skin lyrics
- esgazette – made of air lyrics
- the pogues – north sea holes lyrics
- blockpool – alienated lyrics
- dyzphoria – taurine lyrics
- tylr c – bombs in the classroom lyrics
- superflú – el inicio del ocaso lyrics